नवलपुरमा सर्पदंशबाट एक बालकको मृत्यु

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नवलपुर, साउन २- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु-६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिए। 

- ADVERTISEMENT -

Advertisement

सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

मृतक महतोको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एकजना व्यक्तिले ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए।  

- ADVERTISEMENT -

Advertisement

पौडेलकाअनुसार आफ्नो घरमा पालेको कुकुरलाई बुबाले पिटेको विषयमा झगडा पर्दा छोराले प्रहार गरेको ढुंगा टाउकोमा लागेर बुबाको घटनास्थलमै मृत्यु भएको हो । 

घटनास्थलमा प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरी हत्यामा संलग्न निराजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको उनले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -