मुस्लिम समुदायले मनाए मोहर्रम पर्व

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्ज (पर्सा), साउन २- मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताउनुभयो ।

‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गरिन्थ्यो । जिल्ला प्रशासन कार्यालयको अनुरोधमा विभिन्न कला देखाएर मनाइएका छौँ,’’ उहाँले भन्नुभयो,‘‘वीरगञ्जमा आज बिहान विभिन्न ठाउँबाट मुस्लिम संस्कृति झल्किने झण्डासहित युवाले लठ्ठीको कला देखाएर मनायौँ ।’’

- ADVERTISEMENT -

Advertisement

सो समुदायले भने मुहर्रमका दिन साहसिक कला प्रदर्शन गर्ने गर्छन् । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भएपछि दशदिनसम्म मनाइने गरिन्छ । मुस्लिम समुदायले घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर विसर्जन गर्ने चलन छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढङ्गेल मोहर्रम पर्वलाई मर्यादित ढङ्गले मनाउन अनुरोध गर्नुभयो । ‘‘मोहर्रम पर्व सामाजिक सद्भाव कायम राख्दै मनाउन मुस्लिम समुदायलाई अनुरोध गर्दछु,’’ उहाँले भन्नुभयो,‘‘पर्वलाई लक्षित गरेर जिल्लाको शान्तिसुरक्षालाई पनि उच्च सर्तकता अपनाइएको छ ।’’ रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -