गण्डकीमा प्राइभेट फर्म नवीकरण हुने

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कास्की, साउन २- गण्डकी प्रदेशमा साविकको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई नवीकरणको म्याद कटेर कानुन अभावमा नवीकरण हुन नसकेका प्राइभेट फर्महरू नवीकरण र अद्यावधिकको बाटो खुलेको छ ।

गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐनमा संशोधनपछि एक वर्ष वा सो भन्दा बढी अवधि व्यतित भई नवीकरण हुन नसकेका फर्मको यही असार २६ गतेदेखि नवीकरण गर्न सुरु गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता दिनेशप्रसाद आचार्यले बताउनुभयो । गण्डकीमा गत वर्ष असोज ८ गतेदेखि नवीकरणको म्याद एक वर्ष कटेका फर्महरूको नवीकरण रोकिएको थियो । यसबीचमा उद्योग तथा पर्यटन कार्यालय कास्कीमा सात सयभन्दा बढी फर्मले नवीकरणका लागि निवेदन दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्राइभेट फर्म दर्ता संशोधन नियमावली, २०८१ ले जरिवाना लिएर फर्म नवीकरण गर्न सकिने व्यवस्था गरेको उद्योग तथा पर्यटन कार्यालय कास्कीका कार्यालय प्रमुख महराज ढकालले बताउनुभयो । गण्डकी सरकारले २०७८ सालमा जारी गरेको प्राइभेट फर्म दर्ता ऐनले एक वर्षभन्दा बढी म्याद गुर्जेका फर्महरूलाई नवीरणका लागि दुई वर्षको समय दिएको थियो । ऐनले दिएको दुई वर्षको समय २०८० असोज ८ गते सकिएपछि कानुन अभावमा नवीकरण रोकिने अवस्था आपछि प्रदेश सरकारलाई आवश्यक कानुनी व्यवस्थाका लागि अनुरोध गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले नवीकरणका लागि ध्यान नदिँदा एक वर्ष बढी म्याद नाघेका फर्म धेरै थिए । हामीले नवीकरणका लागि आएकालाई कानुन नभएर थाँती राखेका थियौँ । अहिले प्राइभेट फर्म दर्ता ऐन संशोधन गरेर नवीकरण र नवीकरण शुल्कलाई व्यवस्थित गरेको छ । अबदेखि प्राइभेट फर्महरू नवीकरण गर्न रोकिने अवस्था भएन ।”

- ADVERTISEMENT -

Advertisement

पछिल्लो संशोधन नियमावलीअुनसार अबदेखि फर्म नवीकरण गर्दा पुँजीअुनसार रु २० लाखसम्मको पुँजी छ भने प्रतिवर्ष रु दुई हजार पाँच सय र रु २० लाखमाथिका फर्मलाई रु पाँच हजार पाँच सय जरिवाना लिइने उद्योग तथा पर्यटन कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

“नवीकरण दस्तुरको एक वर्ष कटेपछि तेब्बर दस्तुर लिने व्यवस्था कानुनमा छ । हामीले दिएको नवीकरण अवधि कटेपछि जरिवाना लिने हो”, कार्यालय प्रमुख ढकालले भन्नुभयो । सरकारले जरिवाना लिएर फर्म नवीकरणको व्यवस्थापछि अहिले उद्योग कार्यालयमा उद्योगी व्यवसायीको भीड लागेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्यले नवीकरण छुट भएका उद्योगी व्यवसायीको समस्या समाधान भएको बताउनुभयो । सरकारले गरेको व्यवस्थाका बारेमा सबै व्यवसायीलाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । उद्योग तथा पर्यटन कार्यालय कास्कीमा २१ हजार उद्योग तथा २८ हजार वाणिज्य फर्म दर्ता रहेको कार्यालयले जनाएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -