नक्कली डिएसपी बनेर तीन महिनादेखि सरकारी कार्यालयमा अनुगमन गर्ने पुरुष प्रकाउ

July 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाँके, साउन २- नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने एक पुरुष प्रकाउ परेका छन् । बाँके प्रहरीले नक्कली डिएसपी बनेर सरकारी कार्यालयमा अनुगमन गर्ने दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विकलाई प्रकाउ गरेको हो । विकलाई हिजो (मंगलबार) कोहलपुर नगरपालिका-११ बाट पक्राउ गरिएको हो।

राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को डिएसपी बताउँदै सरकारी कार्यालयहरूमा अनुगमनमा जाने गरेको भेटिएपछि नैनसिंहलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

उनले आफूलाई डिएसी नवीन शाही हुँ भनेर तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा अनुगन गर्ने र विभिन्न सूचना संकलन गर्ने र कर्मचारीहरूसँग चिया, खाजा खाने गरेको भेटिएको ‍एसपी कार्कीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -