बालुवाटारबाट प्रधानमन्त्री ओलीले सुनाए नयाँ सरकारका योजना

July 16, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, साउन १- प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारले विकास निर्माणलाई तीव्रता दिने बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मंगलबार बालुवाटारमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै ओलीले विकास निर्माणलाई तीव्रतासँगै जनमुखी काम गर्ने बताएका हुन्।

- ADVERTISEMENT -

Advertisement

हिजो (सोमबार) मात्रै बसेको नयाँ सरकरको पहिलो मन्त्रिपरिषद् बैठकले जनताको पक्षमा काम गर्ने गरी गम्भीरताका साथ छलफल गरेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय देशमा निम्तिएको बाढी, पहिरो र डुबानको अवस्थाबाट पीडित भएकाहरूको पक्षमा काम गर्न गृहमन्त्री रमेश लेखकले गम्भीरतापूर्वक तयारी गरिरहेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

‘गृह मन्त्रीले गम्भीरतापूर्वक तयारी र काम गरिरहनुभएको छ’, उनले भने, ‘प्राकृतिक विपद् प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा गर्ने भन्ने विषयमा तयारी भइरहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

उनले गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाहरूको आवास निर्माणका लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताए । ‘ती भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ’, उनले भने ।

ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३ सय दिनभित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको बताए ।

हिजोको मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको बताउँदै उनले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने प्रष्ट पारे ।

सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गरे । उनले नागरिकको आत्मीयता र माया मर्न नदिने उनले विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -