काठमाडौं, साउन १- कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेस्थित खुटिया नदीको पुलबाट हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरूङको मृत्यु भएको हो।
- ADVERTISEMENT -
गुरूङले सोमबार राति ११ः३० बजे नदीबाट हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरूङको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
- ADVERTISEMENT -
उनलाई डाक्टरले राति साढे १२ बजे मृत घोषणा गरेका थिए। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
- ADVERTISEMENT -