महिलालाई उद्यमी बनाउँदै खैरहनी नगरपालिका : सीप सिकेर महिलाले सुरू गरे व्यवसाय

July 16, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनी, साउन १- खैरहनीका केही महिलाहरुले समूहमा व्यवसाय सुरू गरेका छन् । खैरहनी नगरपालिकाबाट सीप सिकेर उनीहरुले ब्युटीपार्लर व्यवसाय सुरू गरेका हुन् । बेसिक र एड्भान्स तालिम लिएपछि अनुदानसमेत उनीहरुले नगरपालिकाबाट पाएका थिए । ५० हजारबराबरको सामान र ५५ हजार बीउ पुँजी पाएर उनीहरुले व्यवसाय सुरू गरेका हुन् । उनीहरुले नगरपालिकामा व्यवसाय दर्तासमेत गरिसकेका छन् ।

१२ जना महिलाहरुले दुईवटा पसल सञ्चालन गरेका हुन् । दुईवटै पसलको सोमबार एक कार्यक्रमका बीच खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख खनियाँले नगरपालिकाले सीप सिकाएका महिलाहरुले व्यवसाय सञ्चालन गरेको देख्न पाउनु गर्वको विषय रहेको बताए । ‘नगरको लक्ष्यअनुसार उहाँहरुले व्यवसाय सञ्चालन गरेकोमा खुसी छौँ’, प्रमुख खनियाँले भने, ‘व्यवसायलाई दिगो बनाउने काम तपाईंहरुले गर्नुस्, अन्य केही सहयोग आवश्यक परे नगरपालिकाले गर्छ ।’

- ADVERTISEMENT -

Advertisement

पछिल्लो समय स्वास्थ्यलाई समेत आवश्यक पर्ने सौन्दर्यतर्फ मानिसहरु आकर्षित भएकाले आफ्नो पेसालाई मर्यादित र व्यवस्थित तरिकाले सञ्चालन गर्न उनले आग्रह गरे । महिलाहरुको आयआर्जनमा जोड्न नगरपालिकाले ब्युटीपार्लरसहित च्याउखेती, सिलाइकटाइ, साबुन, हर्पिक बनाउने तालिम दिइएको र उनीहरुले पनि निकट भविष्यमा व्यवसाय सञ्चालन गर्न लागेको प्रमुख खनियाँले बताए ।

- ADVERTISEMENT -

Advertisement

उपप्रमुख कविता उप्रेतीले चुलोचौकोमा सीमित रहने महिलाहरुले व्यवसाय सञ्चालन गर्नु सराहनीय रहेको बताइन् । व्यावसायीकरणले महिलाहरुको सशक्तीकरण हुने उनको भनाइ थियो । व्यवसायमा अहिले चुनौती रहे पनि यो व्यवसाय भने फस्टाउँदो क्रममा रहेकाले व्यवसायलाई दिगो बनाउने गरी सेवा दिन उपप्रमुख उप्रेतीले आग्रह गरिन् । ‘कतिपय ठाउँमा तालिम लिनेमात्रै गरिन्छ’, उनले भनिन्, ‘तपाईहरुले व्यवसाय नै सञ्चालन गर्नुभयो, यो अरुका लागि प्रेरणा बन्छ ।’

- ADVERTISEMENT -

Advertisement

उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले महिलाले सञ्चालन गरेको व्यवसायमा संघबाट दर्ताका लागि छूट रहेको भन्दै चुनौतीपूर्ण यो समयमा नगरपालिकाले लिने करमा समेत केही वर्षका लागि छूटको व्यवस्था गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा खैरहनी–६ का वडा अध्यक्ष कमलप्रसाद न्यौपाने, खैरहनी–८ का वडा अध्यक्ष शंकर कँडेललगायत उपस्थित थिए ।

- ADVERTISEMENT -

Advertisement

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत यहाँका गरिब, विपन्न समुदायका २९ जनालाई ब्युटीपार्लर तालिम दिइएको थियो । तालिमपछि केही सामान र बीउ पुँजी प्रदान गरिएको उद्यम विकास शाखाकी वरिष्ठ उद्यम विकास सहजकर्ता शान्ति दाहालले जानकारी दिइन् । उनका अनुसार तालिमपछि दुई समूहलाई ५० हजारबराबरको सामान र बीउ पुँजीका लागि ५५ हजारका दरले रकम सहयोग गरिएको छ ।

वडा नम्बर–६ र ८ मा सञ्चालित व्यवसायको नाम उनीहरुले समृद्धि ब्युटीपार्लर एण्ड कस्मेटिक सेन्टर राखेका छन् । वडा नम्बर–६ मा सञ्चालित व्यवसायमा पाँच जना र वडा नम्बर–८ मा सञ्चालित व्यवसायमा सात जना महिला संलग्न छन् ।
समूहमा आबद्ध एक सदस्य जेनिसा पौडेल नेपालले घरमा सीमित हामीहरुलाई व्यवसाय सञ्चालन गर्न सक्ने बनाएकोमा नगरपालिकालाई धन्यवाद दिइन् । ‘केही गर्न नसक्ने हामीलाई व्यवसाय सञ्चालन गर्न सक्षम भयौँ’, नेपालले भनिन्, ‘आत्मनिर्भरको बाटोमा पु¥याइदिएकोमा नगरपालिकाप्रति आभारी छौँ ।’ तालिम लिएका केही महिलाहरुले केही समयपछि वडा नम्बर–२ मा दुईवटा ब्युटीपार्लर पसल सञ्चालन गर्दै छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -