भरतपुर, असार ३१- चितवन ग्रिन लियो क्लबको अध्यक्षमा लियो मनिस पौडेल नियुक्त हुनुभएको छ । क्लवको नवौ वार्षिकोत्सवमा रुपक घिमिरेले पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो ।
भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला परिषद ३२५R वर्ष २०२३-२४ का अध्यक्ष लियो किरण लामिछाने रहनुभएको थियो । लामिछानेले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
- ADVERTISEMENT -
उहाँले सानो प्रयासले ठूलो प्रतिफल दिन सक्ने भन्दै लियो क्लबले युवाहरुलाई सामाजिक कार्यमा जोडेको बताउनुभयो । उहाँले कोभिड–१९ महामारीमा पनि चितवन ग्रिन लियो क्लवले उदाहरणीय कार्य गरेको धारणा राख्नुभएको थियो ।
- ADVERTISEMENT -
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले लियोको मुल्य मान्यतालाई आत्मसाथ गर्दै आगामी कार्य योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
- ADVERTISEMENT -