काठमाडौं,असार ३१- असार २८ गते शुक्र्बार देखी प्रदर्शनमा आएको फिल्म ‘घर ज्वाईँ’ले उत्कृष्ट ब्यापार गरेको छ ।
यसै बिच फिल्मको युनिटले फिल्मको ब्यापारलाई लिएर २ दिनको ग्रस कलेक्शन सार्वजनिक गरेको छ ।
- ADVERTISEMENT -
निर्माता जनक घर्ती मगरले सामाजिक संन्जालमा फिल्मले शुक्रबार र शनिबार गरी १ करोड ५१ लाख ग्रस कलेक्शन गरेको जानकारी दिएका छन । दुई दिन फिल्मले गज्जबको इनिसिय हानेको साथै फिल्मको वड अफ माउथ निकै राम्रो भएको निर्माताको दाबी रहेको छ ।
- ADVERTISEMENT -
फिल्म हेरेर निस्किएका दर्शकले पनि फिल्मको कथाबस्तुलाई रुचाईदिएकाले पनि फिल्मले यो किसिमको दर्शकको साथ पाएको निर्माता बताउछन । फिल्मले उपत्यका बाहिर र भित्र नै उत्कृष्ट ब्यापार गरेको छ ।
- ADVERTISEMENT -
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
- ADVERTISEMENT -
अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।