रत्ननगर जिल्लामै पहिलो पूर्ण खोप सुनिश्चित पालिका घोषणा

July 15, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर, असार३१- चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि र सरकारले तोकेका सबै मापदण्ड (इन्डिकेटर)हरु पूरा गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

रत्ननगरका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडास्तरीय स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुकोे उपस्थितिमा पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । सो अवसरमा सबै सरोकावालाहरुले आगामी दिनमा नगरपालिकालाई पूर्ण खोपको अवस्थालाई कायम राख्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय खोप तालिकाअनुसार नगरका १६ वटै वडाका १६ महिनादेखि २३ महिनासम्मका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य अधिकृत पौडेलले बताए । पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई जानकारी दिएपछि समितिले पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न अनुमति प्रदान गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा कार्यवाहक नगरप्रमुख यादवप्रसाद पाठकले पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै सुनिश्चितता कायम राख्न कुनै पनि बालकालिका खोपबाट वञ्चित हुन नहुने बताए ।

रत्ननगर नगरपालिकाले नगरवासीको स्वास्थ्यसेवालाई उच्च प्राथमिकतामा राख्दै विपन्नका लागि स्वास्थ्य बिमा, बकुलहर रत्ननगर अस्पतालमा विपन्न स्वास्थ्य उपचार कोष, सुत्केरीलाई वडा–वडामा निःशुल्क भिडियो एक्सरे तथा इसिजी ल्याब सेवा, वृद्धवृद्धालाई घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले स्वास्थ्यसेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्नाका लागि पेटको गर्भैदेखि मृत्युशøयासम्म सेवा उपलब्ध गराइएको बताए । अतिविपन्नका लागि निःशुल्क एम्बुलेन्स सुविधाका साथै सबै नागरिकका लागि निःशुल्क शव वाहनको व्यवस्थासमेत गरिएको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुखअतिथि जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले राष्ट्रिय खोप तालिकाअनुसार १३ प्रकारका खोपको पूर्ण सुनिश्चितता भएकाले रत्ननगरलाई चितवनमा पहिलो पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गर्न अनुमति प्रदान गरिएको बताए । सरकारले विसं २०६९ सालदेखि पूर्ण खोप अभियानका रुपमा सञ्चालन गर्दै आएको र नेपालमा ८० प्रतिशत बालबालिकाले खोप हासिल गरेको र चार प्रतिशत बालबालिका अझै पनि खोपबाट वञ्चित रहेको जानकारी दिए ।

उनले एकचोटि पूर्ण खोप घोषणा गरे पनि पूर्ण खोपको सुनिश्चितता भने नहुने भएकाले लक्षित वर्गले खोप पाए नपाएको विषयमा स्वास्थ्यकर्मीहरु संवेदनशील भएर लाग्न आग्रह गरे । रत्ननगरमा ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएका कारण जिल्लामै पहिलोपटक पूर्ण खोप पालिका घोषणा गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट वडा नं ५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले रत्ननगरको स्वास्थ्यसेवा अझै परिष्कृत हुनेमा विश्वस्त रहेको बताए । उनले पूर्ण खोप सुनिश्चितताका लागि सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका मह¤वपूर्ण रहने भएकाले उनीहरुलाई थप सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले गरेका थिए । सो अवसरमा १६ वटै वडाका वडास्तरीय खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -