बागलुङ पहिरो : मृतकका परिवारलाई छ लाख ५० हजार राहत

July 14, 2024
????????????????????????????????????
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गलकोट, असार ३०- मनसुनजन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको जनाएको छ ।

बागलुङमा मनसुनजन्य विपद्बाट गलकोट नगरपालिकामा एकै परिवारका दुई जनाको मृत्यु भएको थियो भने बागलुङ नगरपालिकामा एक महिलाको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

मनसुनजन्य विपद्बाट मृत्यु भएकाका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारका तर्फबाट आएको राहत प्रदान गरिँदै आएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

यही असार २७ गते राति बागलुङ–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

मृतक शर्माकी छोरी निर्मला शर्मालाई दुई लाख ५० हजार रुपैयाँ नगद प्रदान गरिसकिएको सुवेदीले जानकारी दिए ।सुवेदीका अनुसार सङ्घीय सरकारको दुई लाख रुपैयाँ र प्रदेश सरकारको ५० हजार रुपैयाँ रकम मृतकको परिवारलाई प्रदान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, यही असार १५ गतेको राति अविरल वर्षाले घर पुर्दा श्रीमान्–श्रीमतीको मृत्यु भएको थियो ।

गलकोट–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको पहिरोमा परी ज्यान गएको थियो ।

मृतक श्रीमान्–श्रीमतीको परिवारलाई चार लाख रुपैयाँ एक मुष्ट नगद राहत प्रदान गरिएको प्रजिअ सुवेदीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -