काठमाडौँ, असार ३०- ठमेलको एक होटलबाट ठुलो परिणाममा लागु औषध फेला परेको छ । फेला परेको ठुलो परिणाममा लागु औषध कोकिनसहित ४७ वर्षीया विदेशी महिला बाथुमालाई भाडिभालुलाई प्रहरीले प्रकाउ गरेको हो ।
उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।
- ADVERTISEMENT -
