विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

July 14, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार ३०- एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा पौडेलसहित दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ ।

जसमा एमाले र कांग्रेसका एक/एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

‘कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक/एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच भएको बुझिएको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’ ती नेताका अनुसार एमालेबाट बाँकी मन्त्री कोको बन्ने भन्नेबारे अध्यक्ष ओलीबाहेक अरू नेतालाई थाहा नभएको बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -