सौराहामा वन्यजन्तु जोगाउन डिजिटल बोर्ड

July 14, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, असार ३०- चितवनको पर्यटकीय नगरी सौराहामा वन्यजन्तु संरक्षण र पर्यटन विकासका लागि डिजिटल बोर्ड राखिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले दुर्लभ वन्यजन्तु संरक्षणको सन्देश प्रवाह गर्न सौराहास्थित निकुञ्ज प्रवेशद्वारनजिक डिजिटल बोर्ड राखेको हो । स्थानीय सरकार, चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा ७ लाख ३० हजारको लगानीमा डिजिटल बोर्ड राखिएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

शुक्रबार उद्घाटन गरिएको उक्त बोर्डमा वन्यजन्तुको मह¤व, जोगाउनुपर्ने कारण, संरक्षणका लागि भएका प्रयाससहित निकुञ्ज र वन्यजन्तुले सौराहाको पर्यटनमा खेलेको भूमिकाका बारेमा दृश्य देखाइने छ । डिजिटल बोर्डमा वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणका सवालहरुमा मह¤वपूर्ण सूचना, नीति नियम, ऐन कानुनका मुख्य अंशहरु, मध्यवर्तीका नियम तथा सूचना, संरक्षण र पर्यटनमा स्थानीय सरकारले गरेका काम, निकुञ्ज, मध्यवर्ती र पर्यटनको विकासका लागि गरिँदै आएका महोत्सव, फेस्टिबल, संरक्षणलाई प्रभावकारी बनाउन समुदायस्तरमा गरिएको जीविकोपार्जन र सीपमूलक कार्यक्रमहरु देखाइने मृगकुञ्जका अध्यक्ष घिमिरेले जानकारी दिए । दिगो संरक्षणका लागि सूचना मह¤वपूर्ण हुने भन्दै उनले वन्यजन्तु संरक्षणको सूचना समुदायस्तरमा पु¥याउन डिजिटल बोर्ड राखिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

डिजिटल बोर्ड जडान गर्दा प्रयोग भएका फलामका पोलहरुलाई काठको कलात्मक सृजना गरी सौराहा आउने पर्यटकले सेल्फी खिच्ने प्वाइन्टका रुपमा विकास गरिने छ ।

- ADVERTISEMENT -

Advertisement

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले संयुक्तरुपमा डिजिटन बोर्डको उद्घाटन गरेका हुन् । सो अवसरमा पुर्जापुनले संरक्षणमा प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै मृगकुञ्जले सौराहामा स्थापना गरेको डिजिटल बोर्ड वन्यजन्तु जोगाउन कोशेढुङ्गा साबित हुने बताए ।

- ADVERTISEMENT -

Advertisement

सौराहाबाट ८० प्रतिशत पर्यटकहरु निकुञ्ज अवलोकनका लागि प्रवेश गर्ने भन्दै उनले अनलाइनबाट टिकट काट्ने व्यवस्था निकट भविष्यमै सुरू गर्ने बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले दिगो संरक्षणका लागि डिजिटल बोर्डमार्फत समुदायमा सचेतनामूलक सन्देश फैलाउने बताए ।

- ADVERTISEMENT -

Advertisement

मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा समुदायमा आधारित चोरीसिकार नियन्त्रण युवा जागरणका अध्यक्ष वसन्त रानाले स्वागत मन्तव्य राखेका थिए । मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम सदस्य विन्दा कार्कीले सञ्चालन गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -