काठमाडौं, असार ३०- नेपाली अल्ट्रा धावक मनकुमार रोका मगर स्विट्जरल्याण्डमा भएको एन्जेरी टुर डेज अल्पेज भलाइज रेसमा तेस्रो भएका छन् ।
२८ किलोमिटर दूरीको उक्त रेस २ घण्टा २४ मिनेट १४ सेकेण्डमा पूरा गर्दै मनकुमार तेस्रो भएका हुन् ।
- ADVERTISEMENT -
कोलम्बियाका साउल एन्टोनियो पाउअ रोड्रिग्वेल २ घण्टा १९ मिनेट २६ सेकेण्ड समय निकाल्दै पहिलो भए । इथियोपियाका मेकोनेन तेफेरा दोस्रो भए उनले २ घण्टा २२ मिनेट ४५ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।
- ADVERTISEMENT -
रेसमा करिब ८०० धावकले भाग लिएको मनकुमारले जानकारी दिए ।
- ADVERTISEMENT -
तार्सिस अनके रनिङ क्लबमा आबद्भ भएका मन कुमारले स्वीट्जरल्याण्डमा दौडेको यो दोस्रो रेस हो । यसअघि जुलाई पहिलो साता भएको ट्रेल भर्बिएर सेन्ट बर्नार्ड बाई युटिएमबीमा उनी १५०० धावकमध्ये आठौं भएका थिए ।
- ADVERTISEMENT -
रोल्पाको थबाङ-१ का २१ वर्षीय मनकुमारले स्विट्जरल्याण्डमा अझै दुई रेसमा भाग लिनेछन् । उनले आगामी अगष्ट १० मा हुने सिरे जिनाल र सेप्टेम्बर १३ देखि १५ सम्म हुने वाइल्ड स्ट्रबेल क्रान्स मोन्टानामा प्रतिस्पर्धा गर्नेछन् ।