अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह

July 13, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एजेन्सी, असार २९- नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले विशेष गरी महिला र बालिकाहरूको अन्धकार भविष्यप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कागजातविहीन अफगानीहरूको निर्वासन रोक्न आग्रह गरेका छन् ।

‘पाकिस्तानले त्यहाँ रहेका अफगानी शरणार्थीहरूलाई फिर्ता जान बाध्य गरिरहेको छ भन्ने कुरा गहिरो चिन्ताको विषय हो । म विशेषत महिला र बालिकाहरूको बारेमा चिन्तित छु’, सन् २०१४ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत मलालाले शुक्रबार बताए ।

- ADVERTISEMENT -

Advertisement

इस्लामाबादले यस हप्ता अवैध आप्रवासीहरूलाई हटाउने बताएको हो । गत वर्ष इस्लामाबादले कागजातविहीन आप्रवासीहरूलाई तुरुन्तै पाकिस्तान छोड्न वा गिरफ्तारीको सामना गर्न आदेश दिएपछि ६ लाख भन्दा बढी अफगानहरू पाकिस्तानबाट भागेका थिए ।

- ADVERTISEMENT -

Advertisement

पाकिस्तानबाट अफगानिस्तानमा फिर्ता पठाइएका केहीले तालिबानद्वारा उत्पीडनको सामना गर्नुपरेको मानव अधिकार पर्यवेक्षकहरूले चेतावनी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएको तालिबानले इस्लामको कठोर रूप लागू गरेका छन्, बालिकाहरूलाई उच्च शिक्षाबाट प्रतिबन्ध लगाइएको छ र महिलाहरूको सार्वजनिक जीवनमा प्रतिबन्ध लगाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘पाकिस्तानमा बालिकाहरूले पढ्ने मौका पाइरहेका थिए, महिलाहरू रोजगारमा संलग्न हुँदै थिए’, २७ वर्षीया मलालाले भने । ‘मलाई आशा छ कि अफगानिस्तानमा महिलालाई हुनसक्ने उत्पीडनलाई मध्यनजर गर्दै पाकिस्तानले आफ्नो नीतिलाई परिवर्तन गर्नेछ’, उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -