बुटवलका रवि थापा हत्यामा संलग्न दुई जनाले गरे प्रहरीमा आत्मसमर्पण

July 12, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,असार२८- रूपन्देहीको बुटवलमा एक पुरूषमाथि छुरा प्रहार गरी फरार रहेका दुई आरोपीले आत्मसमर्पण गरेका छन्।

गत जेठ २ गते बुटवल उपमहानगरपालिका-७ का ३६ वर्षीय रवि थापामाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा असार १८ गते मृत्यु भएको प्रहरीले जनाएको छ। 

- ADVERTISEMENT -

Advertisement

उक्त घटनामा संलग्न भई फरार रहेका दुई आरोपीले शुक्रबार आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

घटना भएको झन्डै दुई महिनापछि बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले आत्मसमर्पण गरेका हुन्। बुटवलको कालिकानगरस्थित एक रेष्टुरेन्टमा काम गरिरहेको बेलाा थापामाथि छुरा प्रहार भएको थियो। 

- ADVERTISEMENT -

Advertisement

थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य थिए।

दुई आरोपीले आत्मसमर्पण गरेसँगै थप अनुसन्धानका लागि सहज हुने डिएसपी पण्डितले बताए।

यसअघि राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्तिसहित आवश्यक कानूनी कारवाही गर्न माग गर्दै दवावमूलक कार्यक्रम गर्दै आएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -