काठमाडौँ,असार २८- नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एमाले र कांग्रेसबिच भएको सहमति सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा बोल्दै उनले दुई दलबिच छलछामको सहमति भएको बताए ।
सांसद पाण्डेले भने,‘मध्यरातको छलछामपूर्ण सहमति थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? कहाँ गयो त्यो ? छलछाम गरेर राष्ट्रिय सहमति हुन सक्दैन । सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न पनि नपाउने ?’ उनले सहमति पछि भन्दा अगाडि थाहा पाउनु पर्ने बताए ।
- ADVERTISEMENT -