काठमाडौं,असार २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो हुने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
- ADVERTISEMENT -
‘देशका ठूला दलहरू मिलिरहँदा त्यसले लोकतन्त्रलाई कतै असर गर्ने त होइन, हाम्रो चिन्ता त्यति मात्र हो,’ लामिछानेले भने, ‘बाँकी रह्यो प्रतिपक्षको कुरा, रास्वपा कस्तो प्रतिपक्ष हो भन्ने कुरा गत वर्ष हामीले देखाइसकेका छौँ । हामीलाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो छ ।’
- ADVERTISEMENT -
उनले प्रतिपक्षमा बस्दा रास्वपाको प्रभावकारिता बढ्ने र जनताले पनि रास्वपा प्रतिपक्षमा बसोस् भन्ने चाहेको जिकिर गरे । ‘प्रतिपक्षमा बस्दा हाम्रो प्रभावकारिता बढ्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जनताले चाहेका पनि यही हुन् ।’
- ADVERTISEMENT -