काठमाडौं,असार २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकारको सफलता नै ढल्ने कारण बनेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले यस्तो भनेका हुन् ।
- ADVERTISEMENT -
प्रचण्डले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गरे ।
- ADVERTISEMENT -
उनले विभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएकोसमेत बताए ।
- ADVERTISEMENT -
विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै उनले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए।
- ADVERTISEMENT -
प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।
उनले जनताले शक्ति देखाउने बेला आएको भन्दै जनताले शक्ति नदेखाए देश अप्ठेरो अवस्थामा जाने उल्लेख गरे ।
प्रचण्डले बालुवाटारबाट सिंहदरबारको शासन चलाउने गलत परम्परा तोडेको भन्दै आफ्नो नेतृत्वको सरकार राम्रो अंकका साथ उर्तीण भएको दाबी गरे ।