काठमाडौं,असार २८– प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा उनले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका हुन् ।
- ADVERTISEMENT -
‘नाइट बस राति नचलाउने सरकारले निर्देशन जारी गरिदिएको भए यो क्षति हुन्थेन । किनकी अध्याँरोमा पहिरो जाँदा थाहा हुँदैन,’ सांसद सिंहले भने, ‘दिउँसो भएको भए कम्तिमा थाहा हुन्थ्यो । कम्तिमा वर्षातको दुई–तीन महिना नाइट बस जोखिम भएको बाटोमा चलाउन हुँदैन ।’
- ADVERTISEMENT -
नारायणगढ–मुग्लिङ सडकखण्डलाई संघीय राजधानी काठमाडौंको ‘लाइफ लाइन’ का रुपमा व्याख्या गर्दै उनले उक्त सडकखण्डको अवस्था हेरेर देशभरका सडकहरुको अवस्था बुझ्न सकिने टिप्पणी गरे ।
- ADVERTISEMENT -
‘नारायणगढ–मुग्लिङ सडकखण्ड काठमाडौंका लागि लाइफ लाइन हो । पूर्वबाट आउने बस पनि त्यही बाटो आउँछ, पश्चिमबाट आउने सुदूरपश्चिमको सबै बस त्यही बाटो आउँछ,’ सिंहले भने, ‘त्यस कारण लाइफ लाइनको अवस्था यस्तो छ भने बाँकी सडकको अवस्था के छ त्यो भगवानलाई नै थाहा छ ।’
- ADVERTISEMENT -