चितवन, असार २८- चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्।
काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।
- ADVERTISEMENT -
यसरी ज्यान जोगाउने यात्रुमा रौतहटको देवाही गोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना रहेको प्रहरीले जनाएको छ। यात्रुको पूर्ण विवरण खुलिसकेको छैन ।
- ADVERTISEMENT -
पहिरोले बगाएको बस र बसमा सवार अन्य यात्रुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।
- ADVERTISEMENT -