नारायणगढ- मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

July 12, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, असार २८- चितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् ।ढुंगा लागेर गम्भीर घाइते विकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको छ । बस अहिले घटनास्थलमै छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -