१२ करोडको नलिञ्चोक हेलिपोर्ट २० दिनमै अलपत्र, पाइलटहरूले रोके उडान

July 11, 2024
- ADVERTISEMENT -

भक्तपुर,असार२७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर सेवा पूर्णरूपमा स्थानान्तरण गर्ने उद्देश्यले भक्तपुर नलिञ्चोकमा सञ्चालनमा आएको ‘हेलिपोर्ट’ २० दिनमै अलपत्र परेको छ ।

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ असारदेखि नलिञ्चोक हेलिपोर्ट सञ्चालनमा ल्याएको थियो ।

हेलिपोर्ट सञ्चालनमा आएयता फाट्टफुट्ट उडान भइरहेका थिए । तर, १० दिनपछि हेलिकप्टर उडाउने ४७ पाइलटहरूले नलिञ्चोक हेलिपोर्टमा उच्च उडान सुरक्षा जोखिम रहेकाले २७ असारदेखि कुनै पनि उडान नगर्ने लिखित जानकारी उड्डयन प्राधिकरणमा बुझाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

त्यसयता विरलै केही उडान भए पनि आज बिहीबार (२७ असार) देखि सबै निजी हेलिकप्टर सेवा प्रदायक कम्पनीका ती ४७ पाइलटले नलिञ्चोक हेलिपोर्टबाट कुनै पनि उडान–अवतरण गरेका छैनन् ।

- ADVERTISEMENT -

Advertisement

‘विगतमा उड्डयन प्राधिकरणले उडान सुरक्षामा जोखिम नरहेको सैद्धान्तिक प्रतिवेदन बनाएको थियो,’ एक हेलिकप्टर क्याप्टेनले भने, ‘तर, उडाउने त हामी हो । उडान गर्न थालेपछि पो थाहा भयो नलिञ्चोक हेलिपोर्टमा कति धेरै उडान सुरक्षा जोखिम रहेछ भनेर ।’

- ADVERTISEMENT -

Advertisement

ती पाइलटले १७ असारमा उड्डयन प्राधिकरणमा बुझाएको लिखित पत्रमा हेलिपोर्टको भौगोलिक अवस्थिति, वरिपरिको बाक्लो बस्ती, पूर्वाधारको पूर्णतयारी नहुनु, सुरक्षा संवेदनशीलतामा पर्याप्त ध्यान नदिइनु लगायत कारण उल्लेख गर्दै २७ असारदेखि उडान–अवतरण नगर्ने बताएका छन् ।

ती पाइलटका अनुुसार नलिञ्चोक हेलिपोर्टमा हवाई इन्धन (एयर टर्बाइन फ्युल) सुविधा, अग्नि नियन्त्रण उपकरण, कार्गो, यात्रु तथा सामान जाँच्ने स्क्यानर मेसिनलगायत केही पनि छैन ।

‘हेलिकप्टरमा हाल्ने इन्धन पनि हामी त्रिभुवन विमानस्थलबाट जर्किनमा बोकेर नलिञ्चोक हेलिपोर्टमा लगिरहेका थियौं,’ अर्का एक पाइलटले भने, ‘यतिविधि जोखिम मोलेर उडान गर्नुको तुक छैन ।’

यता, उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले नलिञ्चोक हेलिपोर्ट निर्माण गर्नुअघि तयार पारिएको ‘सेफ्टी रिस्क एसेसमेन्ट’ (एसआरए) मा उडान सुरक्षा जोखिम सूची बनाइएको छ । ठूला पहाड, अग्ला घर केही छन् भने सुरक्षा सावधानी अपनाउन सकिन्छ भनेर सबै उल्लेख छ ।

‘पाइलटहरूले नलिञ्चोक हेलिपोर्टबाट उडान–अवतरण नगर्ने भनेर लिखित जानकारी गराए पनि हामी उहाँहरूसँग यसबारे गम्भीर छलफल गरिरहेका छौं,’ ती अधिकारीले भने, ‘हेलिकप्टर उडाउने त उहाँहरूले नै हो, अब व्यवहारमा उडान सुरक्षा जोखिम छ भनेपछि हामी छलफल गरिरहेका छौं ।’

प्राधिकरणको पहिलो प्राथमिकता नै उडान सुरक्षा रहेको उनले बताए । नलिञ्चोक हेलिपोर्टमा अझै फ्लड लाइट, इन्धन ट्यांक, स्क्यानर मेसिन लगायत जडान गर्नै बाँकी रहेको र त्यसका लागि थप १० देखि १२ करोड रुपैयाँ खर्च लाग्ने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -