‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न : हिमाल सागर गीतमा झुमे दर्शक

July 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, , असार २७ – लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलियम्स स्क्वाएरमा पहिलोपटक ‘नेपाल फेस्टिभल २०२४’ सम्पन्न भएको छ । 

गायक हिमाल सागरले महोत्सवमा आफ्ना चर्चित गीत गाएका थिए । उनले क्यानडामा रहेका नेपाली माझ प्रस्तुती दिन पाउँदा छुटै अनुभूति भएको बताए । 

- ADVERTISEMENT -

Advertisement

गायक हिमाल सागरसँगै कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुतिमार्फत महोत्सवमा सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । 

- ADVERTISEMENT -

Advertisement

महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकीसहित लाखे नृत्य प्रस्तुत गरिएको थियो । 

- ADVERTISEMENT -

Advertisement

महोत्सवको केन्द्रीय विषयमा नेपाली गीत सङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारले स्थान पाएको सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए । 

भण्डारीले भने, ‘नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै नेपाली बीच सामिप्यता बढाउन सफल भयौं ।’

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा जुलाई ७ अर्थात् असार २३ मा सम्पन्न एक दिने महोत्सवमा पाँच हजार भन्दा बढी नेपाली सहभागी भए । 

लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीको सभापतित्वमा सम्पन्न महोत्सवमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -