खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु

July 10, 2024
- ADVERTISEMENT -

काठमाडौँ,असार२६- काभ्रेमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ।

काभ्रेमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ।

- ADVERTISEMENT -

Advertisement

रोशी गाउँपालिका-१ सानो भुक्देउ खोला तर्ने क्रममा सोही वडाका ४५ वर्षीय कमल बिकको मृत्यु भएको हो।

- ADVERTISEMENT -

Advertisement

आइतबार साँझ सात बजेतिर श्रीमाती छोरीसँगै खोला तर्ने क्रममा उनलाई बगाएको थियो। सोमबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

‘उनको शव बगेको ठाउँबाट डेढ दुई किलोमिटर तल फेला परेको हो,’ डिएसपी श्रेष्ठले भने, ‘स्थानीयले देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो।’ 

अहिले उनको शव उद्धार गरेर सनाखत गर्ने काम भइरहेको उनले बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -