काठमाडौंको बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किँदा सहचालक घाइते

July 10, 2024
- ADVERTISEMENT -

काठमाडौँ, असार२६- काठमाडौंको बौद्ध-पिपलबोट सडकमा गुडिरहेको बसको इन्जिन पड्किँदा सहचालक घाइते भएका छन्।

बुधबार बिहान ७:५० बजे गोकर्णेश्वर नगरपालिका-६ बौद्धस्थित सडकमा गुडिरहेको प्र.३-०१-००५ ख ९८६६ नम्बरको बसको इन्जिन एक्कासि पड्कँदा बसमा सवार सहचालक दोलखा घर भई माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार बसमा चालक र सहचालक मात्रै थिए।

- ADVERTISEMENT -

Advertisement

सहचालक लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको र अर्थपेटिक अस्पताल नारायणचौरमा उपचार भइरहेको एसएसपी मैनालीले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -