संघीय संसदका चार समितिको बैठक बस्दै

July 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार२६- संघीय संसद अन्तर्गत चारवटा समितिको बैठक आज बस्दैछ । आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला, पूर्वाधार विकास र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राज्यको मूलप्रवाहमा दलित समुदायको समावेशिताकाे अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -