काठमाडौं, असार २५– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ।
आज बसेको पाँचौँ नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको महानगर प्रमुख बालेन शाहको सचिवालयले खबरहबलाई बतायो।
- ADVERTISEMENT -
यसअगाडि नगरप्रमुख शाहले एकलौटी बजेट ल्याएको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा अधयक्षहरुले फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
- ADVERTISEMENT -
त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाएका थिए । आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको घोषणा मेयर शाहले गरेका छन् ।
- ADVERTISEMENT -
तर वडा अध्यक्षहरूले अहिले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले नगर सभामा आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि छलफल चलिरहेको छ ।
- ADVERTISEMENT -
काठमाडौं महानगरपालिकाका मेयर शाह स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।