नासाको क्यूरी मिसनले सौर्य रेडियो तरङ्ग अन्वेषण गर्ने

July 9, 2024
- ADVERTISEMENT -

न्युयोर्क, असार २५– सुर्यबाट आउने रेडियो वेव उत्पन्न हुने
स्रोतको खोजीका लागि नासाको क्यूबसैट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट
(क्यूरी)ले मंगलबार प्रक्षेपण गरिएको छ ।

क्यूरीले युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए)को एरियन–६ रकेट कोउरोस्थित
गुयाना स्पेस सेन्टरबाट प्रक्षेपण गरेको हो । उक्त रकेट पृथ्वीको सतहबाट
३६० माइल (लगभग ५८० किलोमिटर) को उचाइमा उडान गर्नेछ । रेडियो
इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो
तरङ्गको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ ।

क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्यूरी
अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरङ्ग मापन
गर्ने आफ्नो पहिलो मिसन भएको ईएसएले जनाएको छ । यी यस प्रकारको अनुसन्धान
अन्तरिक्षबाट मात्र गर्न सकिन्छ ।‘सौर्य रेडियो तरङ्ग अनुसन्धानका क्रममा, क्यूरीले लो फ्रिक्वेन्सी
रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ । यसअघि अन्तरिक्षमा यो
प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन । यसले पृथ्वीलाई करिब दुई माइल टाढा
परिक्रमा गर्नेछ’, नासाले उल्लेख गरेको छ ।

यस प्रयोगले रेडियोका ती तरङ्गहरू कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -