जनकपुरधाम, असार २५- मधेश प्रदेशको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन बहुमत सांसदले मधेस प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेशमा रहेको माओवादी केन्द्रका ९ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका हुन ।
प्रस्ताव दर्ता गराउनेमा माओवादी संसदीय दलका प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारी रहेका छन् । उनीहरूले अविश्वासको प्रस्ताव संसदीय दलका उपनेता युवराज भट्टराईलाई बुझाएका हुन ।
- ADVERTISEMENT -
दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको बताइएको छ । उपनेता भट्टराईले १५ दिनभित्र बैठक बोलाउन निर्देशन समेत दिइसकेका छन् ।
- ADVERTISEMENT -
असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् । हस्ताक्षरकर्तामध्येका एक जना सांसदका अनुसार नेता साहले सुरुदेखि नै पार्टीभित्र गुटबन्दी गरेको र अर्थमन्त्री भएपछि व्यापक अनियमितता गरेको आरोप लगाइएको छ । बजेट निर्माण गर्दा समेत पार्टीका कुनै पनि सांसद कुरा नसुनेको उनको भनाइ छ ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -