अरोमा स्कुलका दुई विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै

July 9, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, असार २५-अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् । युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका हुन् ।

अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स ओलम्पियामा सहभागी हुन लागेका हुन् । उनीहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमवार बिदाई गरेकी छन् । दाहालले विद्यार्थीहरुलाई जितको शुभकामना पनि दिइन् । हौसलाको लागि महानगरले सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरिन् ।

- ADVERTISEMENT -

Advertisement

अरोमा स्कुलका अध्यक्ष कृष्णप्रसाद सापकोटाले आफ्ना विद्यार्थीलाई सानै उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागीताको लागि पठाउन पाउँदा एकदमै खुसी लागेको प्रतिक्रिया दिए । विश्वका १०० भन्दा बढी देशबाट गएका विद्यार्थीलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गराइनेछ । हरेक देशबाट पाँच/पाँच जना विद्यार्थी जान पाउने छन् ।

- ADVERTISEMENT -

Advertisement

विद्यार्थी योगेन्द्र शर्मा उपाध्यायका बुबा दिपेन्द्र शर्मा उपाध्यायले विद्यालयका कारण आफ्नो छोरो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने अवसर पाएको बताए । ‘म असाध्यै खुसीको क्षणमा छु । मेरो छोरो भौतिक विज्ञान विषयको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालबाट जाने पाँच जना विद्यार्थीमध्ये दोस्रो नम्बरमा छनौट भएर जाँदै छ’, उनले भने । अरोमा स्कुलले दिएको ज्ञान र त्यहाँको वातावरणकै कारण आफ्नो छोरो अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा जाने अवसर पाएको उनले सुनाए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -