नेपाल आयरल्याण्ड दिवस सम्पन्न, दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास

July 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आयरल्याण्ड,असार २४- गैर आवासिय नेपाली संघ आयरल्याण्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा नेपाल आयरल्याण्ड दिवस भब्य रुपमा सम्पन्न भएको छ । आयरल्याण्डको राजधानी डब्लिन स्थित फोनिक्स पार्कमा आइतबार आयोजित कार्यक्रममा आइरिस सांसद सन क्रोइ प्रमुख अतिथीका रुपमा उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा बोल्दै सांसद क्रोइले दुई देशबिचको आपसी सम्बन्ध आगामी दिनम थप मजबुत र सुमधुर हुँदै जाने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कला, भेषभुषा तथा संस्कृती झल्कने झाँकी एवं नृत्यहरु प्रस्तुत गरिएको थियो । विभिन्न कार्यको सिलसिलामा नेपाल भ्रमण गरेर फर्केका आइरिस नागरिकहरुका अनुभव साटासाट गरिनुका साथै सगरमाथा, गौतम बुद्ध र बन्यजन्तु लगाएतका विषयमा अन्तरकृया समेत गरिएको थियो । कार्यक्रमका अतिथी नेपाल पर्यटन बोर्डका पुर्वसदस्य एवं सगरमाथा आरोही न्वागा निमा शेर्पाले नेपालका हिमाल आरोहण र समग्र पर्यटनबारे प्रस्तुती दिनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमा सिनेटर द्वय फिन्टान वारफिल्ड र क्याथेराइन वार्डा, कार्लो नगरका मेयर फिन्टान फेलान लगाएत अन्य उच्च पदस्थ ब्यक्तिहरु सहित एक हजार भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको एन आर एन ए आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो । साथै उहाँले आगामी दिनमा नेपाल भ्रमण गर्ने आइरिसको संख्यामा उल्लेख्य वृद्धि हुने बिश्वास लिइएको बताउँनु भयो ।

- ADVERTISEMENT -

Advertisement

नेपाल र आयरल्याण्डबिच सन १९९९ अगष्टदेखि औपचारिक रुपमा कुटनितिक सम्बन्ध स्थापित भएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -