काठमाडौँ, असार २४- नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काँग्रेस एमालेबीचको समझदारीबारे संसदले जानकारी पाउनुपर्ने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद घर्तीले दुई पार्टी बीचको सहमती दुई दलीय प्रणालीको लागि हो भने त्यो मान्य नहुने चेतावनी समेत दिनुभयो । सांसद घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरिस गरेको आरोप पनि लगाउनु भयो । उहाँले संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनु भयो ।
- ADVERTISEMENT -
उहाँले भन्नुभयो,‘मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको स्वरमा र शिलाबहादुर मोक्तानद्धारा संगीतवद्ध एउटा गीत भन्नुभएको छ–कति जल्छौं आरिसले, अझै जल्दै गर, म त हिँडछु आफ्नै बाटो खुट्टा तान्दै गर । सभामुख महोदय, संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने, सरकार ढल्ने । यो स्वभाविक प्रक्रिया हो । जोसँग बहुमत हुन्छ, जोसँग सहमती हुन्छ । राजनीतिक इस्युहरु मिल्छन्, एजेण्डाहरु मिल्छन् । त्यसमा सहकार्य हुन्छ । मिल्नेहरुको बीचमा गठबन्धन हुन्छ, नमिल्नेहरुको बीचमा कुर्सी, आसनहरु फेरिने गर्दछन् । यो स्वभाविक प्रक्रिया हो । मात्रै एउटा समाजशाष्त्रको विद्यार्थीको हैसियतले म के भन्न चाहन्छु भने संविधान सुधार भन्ने एउटा प्रश्न उठेको छ । संविधानमा सुधार होइन, राजनीतिक नेतृत्वको एटिच्युटमा सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ । दिग्गज नेताहरु हुनुहुन्छ यहाँ । कतिपय साथीहरुले बनावटी कुरा गरेपनि मनमा त्यस्तो लागेजस्तो लाग्दैन ।
- ADVERTISEMENT -
नेताहरुले भनेपनि बोल्नै प¥यो । तर पनि प्रक्रियागत रुपमा जाँदाखेरी चाहीँ चित्त बुझिराखेको छैन । त्यसकारण हामीले राजनीतिक परिवर्तन जो ग¥यौं, हाम्रो संस्कारमा रहेको, हाम्रो चिन्तन, प्रवृत्तिमा रहेको जुन प्रकारको सामन्ती संस्कार छ । त्यो संस्कारालाई हामीले संशोधन गरौं । त्यसो भयो भने देशले समृद्धिको खाका कोर्नसक्छ । अहिले राजनीतिक समिकरण परिवर्तन हुँदैजाँदा साथीहरुको राजनीतिक स्थिरता, राष्ट्रिय सहमती र संविधानको धाराहरुमा आवश्यक संशोधन भनेर कुरा गरिएको छ । अब स्थिरताको कुरा गर्दाखेरी स्वभाविक रुपमा यो नारा ठिकै छ । राष्ट्रिय सहमतीका लागि माओवादी कहिल्यै विमति राख्दैन सत्तामा रहेपनि वा विपक्षमा रहेपनि । राष्ट्रिय सहमतीको आवश्यक कुरामा माओवादीले हात उठाउँछ । एउटा नीति कथा पढने अवसर पाएको थिए । गंगा नदीको किनारमा एक जना पण्डितले बिहानै उठेर स्नान गरेर ध्यान मग्न भएका रहेछन् । त्यसबेला एउटा गोही चाँही आहाराको खोजीमा आईरहेका बेला पण्डितलाई देख्यो । उनी अग्लो ठाउँमा थिए खाना त सकेनन । तर पण्डितलाई खुशी पार्नका लागि उनले मोतीका दानाहरु छर्कि दिएछन् । पण्डितको ध्यान खुल्यो । मोतीको दाना देखेपछि पण्डितले यो कहाँबाट आयो । अनि उनले कसैले देख्छ कि भनेर मोतीको दाना छाम्दै यताउता हेर्न थाले । तर गोहीले के भन्यो भने त्यसमा केही पनि नगर्नु । यहाँ कोही पनि छैन । तपाई र म मात्रै हो, त्यसकारण त्यसलाई खल्तीमा राख्नुस् । बरु अरु पनि चाहिन्छ भने म दिन्छु भन्यो । र, पण्डितले तपाई को भनेर सोध्यो । म त तीर्थ गएर स्थान गर्न चाहेको थिए, बाटो बिराएर यहाँ आएको छु । बरु तपाईले मलाई बाटो सिकाई दिनुहुन्छ भने सिकाई दिनुस् भन्दाखेरी बाटो यहाँबाट त्यहाँ जान्छ भनेर हुँदैन । त्यो टाढा छ भनेपछि त्यसमा पनि केही फरक पर्दैन । म तपाईलाई बोक्छु । मेरो काँधमा चढेर हिँड्छु । तपाई बाटो सिकाउँदै गर्नुस् । त्यसो भनेपछि पण्डित चाहीँ अरु धेरै मोतीको दानाका लोभले गोहीको काँधमा चढे । र नदीमा जाँदै गर्दा ठूलो भुल्काहरु आए । त्यो भुल्काले गर्दा पण्डितजीलाई डराउनु भयो । त्यसपछि गोही हास्यो । मूर्ख बाहुन मैले त मेरै स्वार्थका लागि ल्याएको भनेर पण्डितको आहारा ग¥यो । म के मात्रै कामना गर्छु भने अब एउटा पण्डितले नै स्वर्ग गएपनि नर्क गएपनि संगै जाउला भनेकोमा छोडेर गएकोमा उनी जिल्ल परिहाले ।
- ADVERTISEMENT -
अर्को पण्डित फेरि गोहीसँग नदीमा किनाराबाट जाँदाखेरी भुल्कामा परेर ज्यान गुम्ला । म यति कामना गर्न चाहन्छु । अन्तिममा मुरलीधरले एउटा गीत गाउनु भएको छ–उडायो सबै सपना हुरीले भन्ने गीत चरितार्थ नबनोस् । काँग्रेस एमालेबीचको सहमती औपचारिक ढंगले आउन सकेको छैन । त्यो यहाँ पनि वाचन भएको छैन । त्यो सहमतीको नाममा यो संविधानले मल्टीपार्टीको व्यवस्था गरेको छ । अव यसलाई दुई पार्टीबीचको सिष्टमको बहस पनि चलेको छ । यतातिर लैजान खोजेको हो भने यो पश्चागामी कदम हो । सदनले त्यो कुरा जानकारी पाओस् । सरकार आउनेजाने केही कुरा छैन । ’
- ADVERTISEMENT -
सांसद घर्तीले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजान खोजिएको हो भने त्यो पश्चागामी कदम भएको बताउनु भयो ।