‘उडायो सपना सबै हुरी’ले गीत गाएर राजीनामा दिए हुन्छ प्रधानमन्त्रीज्यूः सांसद गैरे

July 8, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार २४- नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । “सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि !,” सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले भने ।

उनले अल्पमतमा परेका प्रधानमन्त्रीलाई तुरुन्त राजीनमा दिन र दुईतिहाइको सरकार बनाउने मार्गप्रशस्त आग्रह गरे । सांसदहरू विद्या भट्टराई र अच्युतप्रसाद मैनालीले पनि नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई अनुरोध गरे ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -