अटो अनियन्त्रित भई पल्टिदा दुई जना घाइते, एकको अवस्था गम्भिर

July 8, 2024
- ADVERTISEMENT -

चितवन, असार २४- भरतपुर महानगरपालिका–२२ धनौजीचोकमा अटो आफै अनियन्त्रित भई पल्टिदा चालकसहित दुई जना घाइते भएका छन् । अटोको पछाडि सवार एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

आइतवार राति १०ः५० बजेको समयमा ना२ह ३१६६ नम्बरको अटो आफै अनियन्त्रित भई पल्टिदा अटो चालक भरतपुर–२२ धनौजी बस्ने ३० वर्षीय गोविन्द थापा मगर मध्यम र अटोमा सवार सोहि ठाउँ बस्ने २६ वर्षीय सुमन थापा मगर गम्भिर घाइते भएका हुन् ।

गम्भिर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अटो चालक भने आफ्नै घरमा रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -