काठमाडौं, असार २३ – चितवनको ऐतिहासिक दियालो बंगला दरबार आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आइतबार आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले दियालो बंगला दरबार अवलोकनको शुभारम्भ गरेका हुन् ।
- ADVERTISEMENT -
विसं २०१९ निर्माण भएको दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्त्वपूर्ण सहयोग पुर्याउने बताए ।
- ADVERTISEMENT -
मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
- ADVERTISEMENT -
देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्त्वपूर्ण गन्तव्य बन्ने उनको विश्वास छ ।
- ADVERTISEMENT -
त्यस्तै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा अघि सारेका विभिन्न योजना मध्ये दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने कार्य पनि महत्त्वपूर्ण रहेको बताइन् ।
भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रलाई ओपन जुको रुपमा सञ्चालनमा ल्याइएको र भारतीय पर्यटकलाई सहज आगमनको लागि ठोरी छोटी भन्सार सञ्चालनमा ल्याइएको उनको भनाई छ ।
त्यस्तै नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरूको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने उल्लेख गरिन् । भरतपुर वडा नम्बर १ मा अवस्थित उक्त दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ ।
विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ गर्ने गरेकाले यसलाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ दियालो बंगला क्षेत्र ५२ बिघाको छ ।