जोन सिनाले लिए रेस्लिङबाट सन्यास

July 7, 2024
- ADVERTISEMENT -

एजेन्सी,असार२३- अमेरिकन अभिनेता तथा रेस्लर जोन सिनाले वल्र्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् ।

क्यानडामा शनिबार राति सम्पन्न डब्लुडब्लूई मनी इन द बैंक प्रतिस्पर्धामा उपस्थित हुँदै सिनाले सन्यासको घोषणा गरेका हुन् ।

उनले भने, ‘आज म आधिकारिक रूपमा डब्यूडब्यूईबाट सन्यासको घोषणा गर्छु ।’

- ADVERTISEMENT -

Advertisement

उनको सन्यासले आश्चर्यचकित बनेका समर्थकहरुले रेस्लिङमार्फत् आफूहरुलाई रमाइलो प्रदान गरेकामा धन्यवाद दिए ।

- ADVERTISEMENT -

Advertisement

सन् २०२५ मा उनको बिदाइ टुर हुने बताइएको छ । जसमा उनी केही प्रतियोगिता सहभागी हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन् । उनी कुशल रेस्लर हुन् । उनले १६ पटक विश्व च्याम्पियन बने ।

पत्रकार सम्मेलनमा शारीरिक अशक्तताले रेस्लिङबाट टाढा रहे पनि डब्यूडब्यूईबाट टाढा नरहने बताए ।

सिना अभिनेता पनि हुन् । उनले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट अभियनमा डेब्यू गरेका थिए ।

उनले आधा दर्जनभन्दा बढी ठूला बजेटमा बनेका हलिउड फिल्ममा अभिनय गरेका छन् । बढ्दो उमेरका कारण सन् २०१८ देखि सिना डब्यूडब्यूईमा पार्ट टाइमका रुपमा सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -