गृहमन्त्रीलाई ज्ञानेन्द्रको चुनौती- जिविलाई पक्राउ गरे फुलमाला लगाइदिन्छु

July 7, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार २३- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका विषयमा सदनमा जात्रा देखिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन् । सरकारमा हुँदा केही नगर्ने, नयाँ समीकरण बन्ने बित्तिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको शृङ्खला सदनमा देखिएको उनले बताए ।

शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए । देशका हितमा नरहेका संविधानका बुँदाहरू परिवर्तन गर्न दलहरूलाई कसैले नरोकेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले नयाँ दलहरूलाई पुराना दलहरूको विकल्पमा रूपमा जनताले मत दिएको भन्दै नयाँ दलहरू पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे । शाहीले जिवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फुलमाला लगाइदिने बताए ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै उनले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौती दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -