योगेश भट्टराई भन्छन्- देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले एक ठाउँमा आएका हौँ

July 7, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार २३- नेकपा एमालेका सचिव योगेश भट्टराईले देश अप्ठ्यारो अवस्थामा पुगेको बेला कांग्रेस- एमाले एक ठाउँमा आउने गरेको बताएका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै भट्टराईले विगतमा देश अप्ठ्यारोमा परेको बेलामा कांग्रेस-एमाले एक ठाउँमा आउने गरेको स्मरण गर्दै अहिले पनि देश कठिन अवस्थामा भएकोले कांग्रेस-एमाले एक ठाउँमा आएको बताएका हुन् ।

देश आर्थिक रुपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडी जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनले पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरू सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल शुरु गरेको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

उनले देशभित्र आत्मविश्वास बढाउन, संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउनका लागि, विदेशिने युवालाई स्वदेशमै अवसर सिर्जना गर्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालको बारेमा विश्वास बढाउन कांग्रेस- एमाले मिलेर काम गर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले प्रधानमन्त्री प्रचण्ड घोर अल्पमतमा रहेको बताउँदै संवैधानिक सर्वोच्चता स्वीकार गरेर राजीनामा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले विश्वास गुमाइसकेको अवस्थामा यसै सांसदबाट राजीनामा गर्नु नै सही निर्णय हुने बताउँदै असार २८ गते विश्वासको मत लिनुको कारण के हो ? भन्दै प्रश्न गरेका थिए ।सचिव भट्टराईले रास्वपालाई प्रधानमन्त्रीको ढुंगामा किन बसेको भन्दै एक पटक सोच्न आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -