गुजरातको सुरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु

July 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुरत, असार २३- भारतको गुजरात राज्यको सूरतमा ६ तले भवन भत्किँदा ७ जनाको मृत्यु भएको छ । १२ घण्टादेखि जारी उद्धार कार्यमा ७ जनाको शव निकालिएको जिल्ला डीएसपी राजेश परमारले बताएका छन् ।

भग्नावशेष हटाउने काम जारी रहेको बताइएको छ । गुजरातको सुरतको सचिन पाली गाउँमा ६ तले भवन भत्किएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यो घटना शनिबार दिउँसो ३ बजेतिरको हो । घर भत्किँदा निकै ठुलो आवाज आएको थियो । आवाज सुनेर वरपर बस्ने मानिसहरूले भूकम्प आएको ठानेका थिए ।

- ADVERTISEMENT -

Advertisement

मानिसहरू घरबाट बाहिर निस्किएपछि नजिकैको भवन भत्किएको देखे।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -