हेटौँडा काठमाडौँ जोड्ने सडकहरू सञ्चालनमा

July 7, 2024
- ADVERTISEMENT -

हेटौँडा,असार२३– पहिरोका कारण बन्द हेटौँडा काठमाडौँ जोड्ने सडकहरू सञ्चालनमा आएका छन् । शुक्रबारदेखि परेको वर्षाका कारण हेटौँडा काठमाडौँ जोड्ने विभिन्न सडकहरूमा पहिरो खसेर बन्द भएको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार वर्षाका कारण काठमाडौँतर्फ जाने सडक खण्डहरू अवरोध हटाएर सञ्चालनमा ल्याइएको छ ।  

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

त्रिभुवन राजपथ सडक खण्ड,(पालुङ हुँदै नौबिसे काठमाडौँ), चित्लाङ चन्द्रागिरि हुँदै काठमाडौँ, भैँसे भिमफेदी सडक खण्ड, फखेल हुँदै काठमाडौँ, मातातिर्थ हुँदै काठमाडौँ, सिस्नेरी हुँदै काठमाडौँ सडक सञ्चालनमा रहेको उनले बताए । 

भैँसे भिमफेदी सडक खण्डको २ स्थानमा पहिरो गएको र दुवै स्थानमा पहिरो पन्छाई एकतर्फी सडक सञ्चालनमा ल्याइएको उनले बताए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -