मधेस सरकारमा कांग्रेस र लोसपा सहभागी हुँदै

July 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जनकपुरधाम, असार २२- मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिएलगत्तै नेपाली कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन लागेका छन् ।

कांग्रेस र लोसपाले माग गरे बमोजिम मन्त्रालयको भागबन्डा नमिल्दा सरकारमा सहभागी हुन ढिलाई भएको बताईएको छ । नेपाली कांग्रेसले ४ मन्त्रालयको माग गरेको छ भने लोसपाले २ वटा मन्त्रालयको माग अगाडि सारेको छ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि मुख्यमन्त्री सतिश सिंह कांग्रेसलाई चार र लोसपालाई एक मन्त्रालय दिने मुडमा छन् । मुख्यमन्त्री सिंहले आजै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी ,नागरिक उन्मुक्ति र संघीय समाजवादीका ६ जना मन्त्रीलाई बर्खास्त गरि ६ वटा मन्त्रालय आफूसँग राखेका छन् ।

- ADVERTISEMENT -

Advertisement

मुख्यमन्त्री सिंहले ६ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय कांग्रेसलाई र एउटा मन्त्रालय लोसपालाई दिई बाँकी रहेको एक मन्त्रालय विना विभागीय मन्त्री रहेका सकिल मियाँलाई दिने मुडमा छन् । भागवण्डा मिले आजै शपथ ग्रहण हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

१ सय ७ सदस्य रहेको मधेस प्रदेशसभामा मधेस प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ लोसपाका ९, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् । लोसपाको ९ सांसद भए पनि एक जना सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -