भोटेकोशी आयोजनामा हराएका दुई मजदुरको शव फेला

July 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिन्धुपाल्चोक,असार २२- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन ४० मेगावाटको भोटेकोशी पहिलो जलविद्युत् आयोजनाको ढलान (डिसेन्डर कभर स्ल्याब) खस्दा बेपत्ता भएका दुई मजदुरको शव भेटिएको छ ।

हिजो बेपत्ता भएका बर्दिया नगरपालिका रामजिन थारु र सुमन थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

हिजो दिउँसो ढलान खस्दा १० जना पुरिएकोमा ८ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएका घाइतेको धुलिखेल अस्पतामा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -