कोशीका पूर्वमन्त्रीले फिर्ता गरेनन् सरकारी निवास र गाडी

July 5, 2024
- ADVERTISEMENT -

विराटनगर, असार२१- कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् ।

पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी फिर्ता नगरेका हुन् ।

खत्री २६ वैशाखमा पदमुक्त भएका थिए । पदमुक्त भएपछि मन्त्री चढ्ने गाडी फिर्ता गरेका उनले को १ झ ६४७ नम्बरको सरकारी गाडी र दुई वटा मोटरसाइकल फिर्ता गरेका छैनन् ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका अनुसार खत्रीले भाडाको सरकारी निवास पनि फिर्ता गरेका छैनन् । मन्त्रीको निवासका लागि खत्रीले नै पुष्पलाल चोक नजिकै भाडामा घर खोजेका थिए । सो घरमा खत्री बस्छन्, भाडा मन्त्रालयले तिरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका सचिव डा. लेखराज दाहालले क्वाटर, एउटा गाडी र दुई वटा मोटरसाइकल फिर्ताका लागि पूर्वमन्त्री खत्रीलाई आग्रह गरिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस नेता खत्री उदयपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् । केदार कार्कीले नेतृत्वको सरकारमा गत माघमा मन्त्री नियुक्त भएका थिए ।

खत्रीले सरकारी सवारी र निवास फिर्ता गर्ने बताए । क्वाटरमा नै सरकारी सवारी रहेको बताउँदै उनले फिर्ता गर्न ढिलो भएको स्वीकार गरे ।सरकार गठनसम्बन्धी मुद्दा परेका कारण फिर्ता गर्न ढिलो भएको बताउँदै उनले भने, ‘आज फिर्ता गर्ने भनेका छौं ।’ निवासका लागि भने घरबेटीसँग असारसम्मको सम्झौता रहेकाले मन्त्रालयमा छलफल गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -