प्याज उत्पादनले उत्साहित इलामका किसान

July 5, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इलाम, असार२१- किसानले कति प्याज उत्पादन गर्छन् ? सामान्यतयाः गाउँ घरमा प्रयोग गर्नका लागि मात्र प्याज रोप्ने चलन छ । तर प्याजलाई व्यावसायिक ढङ्गले खेती गर्‍य ाे भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण इलामका किसानले देखाएका छन् ।

यो वर्ष जिल्लाका धेरै किसानले प्याजको व्यावसायिक खेती गरेका छन् । व्यावसायिक रुपमा प्याज खेती गर्नेहरुले यो वर्ष इलाममा एक मनदेखि ६५ मनसम्म प्याज फलाएका छन् । ६५ मन प्याज उत्पादन गरेर बिक्री पनि गरिसक्नुभएका सन्दकपुर गाउँपालिका – ३ सुलुबुङका किसान प्रकाश पराजुलीले यो वर्षको उत्पादन हेर्दा प्याजमा आत्मनिर्भर बनाउन सकिने रहेछ भन्ने लागेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘‘यो वर्ष ६० मन प्याज प्रतिमन दुई हजार दुई सय रुपियाँ दरले बिक्री गरें । घरमा राखेको र गाउँ–घर, छरछिमेक, आफन्तका तिर कोसेली पठाउन पाँच मन जति राखें ।,

- ADVERTISEMENT -

Advertisement

’’ पराजुलीले भन्नुभयो, ‘‘नयाँ हाइब्रिड जातको प्याज लगाउँदा त्यसको उत्पादन यो क्षेत्रमा राम्रो हुन्छ भन्ने देखियो ।

- ADVERTISEMENT -

Advertisement

’’२०६६ सालदेखि तरकारी खेती गर्दै आउनुभएका पराजुलीले यो वर्ष सन्दकपुर गाउँपालिकाको सहयोगमा आफ्नो ५० प्रतिशत लागतमा पीआइ १७२ जातको दुई सय ग्राम प्याजको बीउ लगाएको बताउनुभयो । दुई सय ग्राम प्याजलाई साढे सात हजार रुपियाँ खर्च भएको पराजुलीको भनाइ छ । प्याजको बीउ रोप्नदेखि उत्पादन अर्थात् टिप्ने र भण्डारण गर्ने समयसम्म ३२ हजार रुपियाँ खर्च भएको उहाँको भनाइ छ । लागत खर्च कटाउँदा पनि पराजुलीले यो वर्ष प्याजबाट ९३ हजार रुपियाँ चोखो आम्दानी भएको पराजुली बताउनुहुन्छ ।

‘‘तीन वर्ष अघि मैले नै लोकल जातको प्याज एक सय मन फलाएको थिएँ । तर भण्डारणको उचित व्यवस्थापन हुन नसक्दा त्यसबेलाको धेरै प्याज कुहिएर नोक्सान भयो । समयमा बजार पठाउन सकिएन ।,

’’ पराजुलीले भन्नुभयो, ‘‘ हाइब्रिड जातको प्याजलाई पनि डाँठ नभाँची बढ्न दिँदा ठिकैको दाना उत्पादन हुने रहेछ । बजारको समस्या भएन ।’’

त्यसोत यसवर्ष छरछिमेकमा पनि राम्रैसँग प्याज उत्पादन भएको उहाँले बताउनुभयो । अन्य किसानहरु पनि पाँच सय ग्रामदेखि आठ सय ग्रामसम्मको एकै दाना प्याज फलाएको पाइएको पराजुलीले बताउनुभयो । पराजुलीका छिमेकी विष्णु खनालले पनि यो वर्ष १९ मन प्याज फलाउनुभयो । तातो क्षेत्रमा राम्रो उत्पादन लिन सकिने प्याज धान काटिसकेपछिको बाँझो जमिनमा लगाउँदा उपयुक्त हुने किसानको अनुभव छ ।

उता माइजोगमाईका किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाउनुभयो । ७० रुपियाँ प्रतिकिलोका दरले प्याज बिक्री गरेको सुवेदीले बताउनुभयो । ‘‘बाँदरले अन्य खेती र तरकारीहरु समेत नष्ट गरेकाले यो वर्ष प्याज अलि बढी रोपियो, उत्पादन पनि राम्रो भयो ।

’’ सुवेदीले भन्नुभयो, ‘‘प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुने रहेछ भन्ने ठाउँमा हामी पुगेका छौं ।’’

जिल्लामा ११५ हेक्टर जमिन क्षेत्रफलमा प्याज खेती हुने गरेको जिल्ला स्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गएको वर्ष जिल्लामा एक हजार ८७४ मेट्रिकटन प्याज उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष एक सय मेट्रिकटन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताउनुभयो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -