५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी

July 5, 2024
- ADVERTISEMENT -

मास्को, असार २१ गते- रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले रुसको क्रास्नोडार र रोस्तोभ र युक्रेनको जापोरिझिया माथि ड्रोनहरू नष्ट गरिएको बताएको छ, जसलाई रुसले कब्जा गरेको दाबी गरेको छ ।

वायु रक्षा प्रणालीले क्रास्नोडारमा १४ वटा, जापोरिजिया क्षेत्रमा २६ वटा र रोस्तोभ क्षेत्रमा १० वटा युएभी नष्ट गरेको टेलिग्राममा सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

रुसले जापोरिझिया क्षेत्रलाई कब्जा गरेको दाबी गरे पनि यस क्षेत्रलाई पूर्णरूपमा नियन्त्रण भने गरेको छैन । रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -