सातामा प्रतितोला दुई हजार छ सय रूपैयाँ बढ्यो सुनको भाउ

July 5, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार २१-

साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।

- ADVERTISEMENT -

Advertisement

यो साता सुनको मूल्य सात दिन नै बढेको छ। आइतबारदेखि शुक्रबारसम्म सुनको मूल्य प्रतितोला दुई हजार छ सय रूपैयाँ बढेको छ।

- ADVERTISEMENT -

Advertisement

आइतबार र सोमबार तोलामा दुई सय रूपैयाँको दरले बढेको छ भने मंगलबार प्रतितोला एक सय रूपैयाँ, बुधबार प्रतितोला चार सय रूपैयाँ, बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ र शुक्रबार प्रतितोला एक सय रूपैयाँ गरी यो हप्ता सुनको मूल्य दुई हजार छ सय रूपैयाँ बढेको हो।

- ADVERTISEMENT -

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

- ADVERTISEMENT -

Advertisement

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -