सरकार जोगाउने कसरतमा प्रचण्ड

July 5, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार २१-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसरी जोगाउन सकिन्छ भन्नेमा पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् ।

सत्तासाझेदार एमालेले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ । एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । तर, प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसद्मा विश्वासको मत लिने निर्णय गरिसकेको छ । सोही कारण प्रचण्डले अल्पमतमा परे पनि राजीनामा दिएका छैनन् ।एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनेपछि सो गठबन्धनलाई विभिन्न दलले साथ दिने निर्णय गरेका छन् । महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले एमाले र कांग्रेस गठबन्धनलाई साथ दिने निर्णय गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले बिहीबार नै राजीनामा दिने तयारीका साथ बालुवाटार प्रवेश गरे पनि प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई रोकेका छन् । केही दिन पर्खिन र आफूलाई साथ दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा खल्तीमै राखेर बालुवाटारबाट फर्किएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र मन्त्रीहरूलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको छ । एकीकृत समाजवादीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले तत्काल प्रचण्ड नेतृत्वको सरकारबाट आफ्नो पार्टी नबाहिरिने स्पष्ट पारेका छन् । पार्टीको १०औं महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा महासचिव भुसालले यस्तो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिने जानकारी दिए ।

प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन ध्यानाकर्षण गराएको छ । एमालेले सरकार स्पष्टतः अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -