काठमाडौं, २० असार- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ । ढकालले उक्त प्रतिवेदन ३८ जिल्लामा पुगेर २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरी तयार पारेका थिए ।
महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदनमा पार्टीभित्र प्रशिक्षणको अभाव रहेको, सञ्चार, सम्पर्क र समन्वयको अभाव भएको, गुनासो व्यवस्थापन कमजोर भएको, केन्द्रीय नेताहरु नखटेको, कामको मूल्याङुकन नभएको, नियम पालना नगर्दा दण्ड नभएको, गुटगत राजनीति हाबी भएको, पार्टीका निर्णयमा सामान्य सोधपुछसमेत नगरिएको जस्ता समस्याहरु उल्लेख गरेका छन् ।
- ADVERTISEMENT -